१८ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुक विधिको शासन स्थापित गर्दै, संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएको बताएकी छन् । जेनजी आन्दोलनपछिको अवस्थाको यो उपलब्धि सबै नेपाली जनताको संयम र सहकार्यको परिणाम भएको उल्लेख गर्दै उनले सम्मुखमा रहेको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन आह्वान गरेकी छन् । सोमबार देशबासीको नाममा सम्बोधन गर्दै उनले विभिन्न चार वटा विषयमा नागरिकहरूलाई अपिल गरेकी छन् । पहिलो : निर्वाचनमा सरिक भइदिनुहोस् देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदाता आगामी निर्वाचनमा सरिक भइदिन प्रधानमन्त्री कार्कीको पहिलो आग्रह...
प्रधानमन्त्री कार्कीले देशबासीलाई गरिन् चार अपिल

अनलाइनखबर
२०८२ फागुन १८ गते १२:५९