काठमाडौं । शुक्रबार हलमा नेपाली भाषाको ‘द खजुरे ब्रो’ र बलिउड फिल्म ‘श्रीकान्त’ रिलिज भएका छन् । अलग जनराका यी दुई फिल्मलाई दर्शकले आफ्नो रुचिअनुसार हेर्न सक्छन् । ‘खजुरे ब्रो’लाई सुरज सुनुवारले निर्देशन गरेका हुन् । यसको रनटाइम १३७ मिनेट छ । कमेडी ड्रामा जनराको यो फिल्ममा रियर राई, महेश त्रिपाठी, नवीन मानन्धर, नीति शाह, प्रेम सुब्बाको शीर्ष भूमिका छ । खजुरे र चिल्लीले सहरको भरोसा सहकारीबाट रकम लुटेपछि अप्रत्याशित घटनाक्रम आउँछन् । यी घटनाले फिल्ममा नयाँ कथानक घुम्ती ल्याउँछ । यो फिल्मबाट शाहले अभिनय करिअर थालेकी छन् । ‘श्रीकान्त’लाई तुषार हिरानन्दिनीले निर्देशन गरेका हुन् । राजकुमार राव, ज्यो...
हलमा लागे ‘द खजुरे ब्रो’ र बलिउडको ‘श्रीकान्त’

अनलाइनखबर
२०८१ वैशाख २८ गते ११:२०